कम्युनिष्ट सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्याइरहेको छ : अध्यक्ष कट्टेल

 मंसिर ८, २०७५ शनिबार १५:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले कम्युनिष्ट भनिएका पार्टीकै नेतृत्वमा सरकार रहेको बेला क्रान्तिकारी कम्युनिष्टहरु संघर्षमा उत्रनु पर्ने अवस्था आउनु विडम्बना भएको बताउनुभएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भृकुटी मण्डपमा आयोजना गरेको जनसभामा कट्टेलले वर्तमान सरकारले नागरिकका आवाज उठाउनेहरुलाई खोजी खोजी जेलमा कोच्न लागेकाले संघर्षमा उत्रनु परेको बताउनुभयो ।

‘सामान्य नागरिकका आवाज उठाउन प्रत्येक ठाउँमा निषेध गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यो सरकार कम्युनिष्टको नाममा कलंक बनेको छ ।’ नेपाली कम्युनिष्टको ५० वर्षे यात्रामा ५० औँ पटकभन्दा बढी गठन पुनर्गठन हुँदै जानु दुखद भएको भए पनि नेतृत्वले गद्धार गरेर आत्मसमर्पण गर्दा बाध्य भएर सच्चा क्रान्तिकारीहरु पुनर्गठनमा लाग्नुपरेको उहाँले बताउनुभयो । 

दिनहुँ हुने गरेको हत्या, हिंसा र बलात्कारबाट नागरिक आजित भइरहेको अवस्थामा कम्युनिष्टको सरकारले भने लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको उहाँको आरोप छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया