गजल

 मंसिर ८, २०७५ शनिबार १६:१०:३६ | बिनिता कार्की

बनाउनेले सिसाजस्तो, यो मन बनायो

अनि मेरा आफन्तहरुलाई, घन बनायो 

 

परदेशमा बा बितेको, क्षतिपूर्तिबाट

छोराले राजधानीमा, भवन बनायो

 

जवानीलाई तितेपाती झैँ, बनाउनेले पनि

अरे कसरी चकलेट जस्तो, बचपन बनायो

 

चराका बचेरा बस्ने रुख, काटेर मान्छेले 

आफ्ना सन्तानलाई खेल्ने, आँगन बनायो 

 

मेरा लागि तिमीलाई, बनाउँदै गर्दा दैवले 

दुनियाँका लागि भने, अक्सिजन बनायो ।

 

 

 

अन्तिम अपडेट: चैत १४, २०८०

बिनिता कार्की

1 Comments

  • Nilima

    Nov. 27, 2018, 8:27 a.m.

    असाध्यै मिठो

  •  0 Reply

तपाईको प्रतिक्रिया