रुकुम पश्चिममा जीप दुर्घटना, १० घाइते

 मंसिर ८, २०७५ शनिबार १८:३५:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका २ विजयश्वरीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

चौरजहारी नगरपालिकाको खोलागाँउ सर्केनाबाट चौरजहारीतर्फ जाँदै गरेको रा १ ज ५३५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार चौरजहारी नगरपालिका २ कि त्रिपुरा गौतम र जीप चालकको अवस्था गम्भीर रहेको छ ।

चालकसहित अन्यको परिचय खुल्न सकेको छैन् । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया