भारतविरुद्धकाे तेस्राे टी-ट्वेण्टीमा मिचेल स्टार्क खेल्ने

 मंसिर ८, २०७५ शनिबार १८:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाका क्रिकेटर मिचेल स्टार्कलाई भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटका लागि टिममा बोलाइएको छ ।

यदि आइतबार सिड्नीमा हुने तेस्रो टी–२०मा स्टार्क मैदानमा उत्रिए भने उनी ५७ महिना पछि राष्ट्रिय टिमबाट घरमै प्रतियोगिता खेल्नेछन् । पहिलो टी–२० आफ्नो पक्षमा पारेको अष्ट्रेलियाले आइतबारको खेलमा पनि जित निकालेकाे खण्डमा सिरिज आफ्नो पक्षमा पार्ने छ ।

दोस्रो टी –२० पानी परेपछि रद्द भएकाले अष्ट्रेलिया अन्तिम टी–२० जित्दै सिरिज बराबरी गर्ने दाउमा हुनेछ भने भारत जित निकाल्दै कम्तीमा बराबरी गर्ने पक्षमा हुनेछ ।

अष्ट्रेलियाका स्टार्कले सन् २०१४ को फेब्रुअरी २ तारिखमा इंग्ल्याण्डविरुद्ध खेलेका थिए । उक्त खेलमा उनले ८ रन दिएर १ विकेट लिएका थिए भने अष्ट्रेलिया ८४ रनले विजयी भएको थियो । उनले अष्ट्रेलियबाट श्रीलंकामा २ वर्षअघि भने टी–२० खेलेका थिए ।

स्टार्कलाई बिली स्ट्यानलेकको ठाउँमा राखिएको अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । बिली अभ्यासका क्रममा घाइते भएका थिए । जसका कारण उनी दोस्रो टी –२० मा टिममा परेका थिएनन् । अहिलेसम्म २२ टी–२० खेलेका स्टार्कले ३० विकेट लिएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया