सुगरत्न कंसाकार भन्छन, ‘वाइडबडी जहाज किन्ने कर्मचारीलाई राज्यले पुरस्कार दिनुपर्छ’

 मंसिर ८, २०७५ शनिबार १९:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गरेर विभिन्न गन्तब्यमा उडान गरिरहेको छ ।

तर २४ अर्ब रुपैयाँ खर्च गरेर किनिएका जहाजको स्वामित्वको विषयमा धेरै बहस भैरहेका छन् । यस्तै जहाज खरिद गर्न अनियमितता भएको हुन सक्ने भन्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि छलफल भैसकेको छ ।

जहाज किन्दा प्रक्रिया नमिचिएको र जहाजको लालपूर्जा नै आफूहरुसँग सुरक्षित रहेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउँदै आउनुभएको छ । जहाज किन्दा कतै न कतै अनियमितता भएको भन्दै बहस र छानबिनको माग उठिरहेका बेला महाप्रवन्धक कंसाकारले भने हरेक दिनजसो ट्वीटरमार्फत कुनै अनियमितता नभएको बरु आफूले आँट गरेको दाबी गर्दै आउनुभएको छ ।

शनिबार बिहान मात्रै ट्वीट गर्दै कंसाकारले जहाज किन्न प्रस्ताव गर्ने ११ वटा कम्पनीमध्ये सबैभन्दा सस्तोमा जहाज दिने कम्पनीसँग जहाज किनेको दाबी गर्नुभएको छ । निगमले आफ्नो स्वामित्वको प्रमाणपत्र पनि लिइसकेको उहाँको दाबी छ  ।

 

 

विकास खर्च नभइरहेको अवस्थामा १८ महिनामै २४ अर्ब रुपैयाँ खर्च गर्ने कर्मचारीलाई राज्यले पुरस्कार दिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

 

यस्तै कंसाकारले शुक्रबार ट्वीट गरेर जहाज किनेकोमा आफूलाई पर्यटन सचिवले धन्यवाद दिएको प्रसंग उल्लेख गर्नुभएको छ ।

 

 

यस्तै गएको मंगलबार ट्वीट गरेर कंसाकारले एउटा टेलिभिजनलाई वाइडबडी जहाज दुईवटै विमान रजिष्ट्रेशनको प्रमाणपत्र नै थमाएर पठाएको उल्लेख गर्नुभएको छ ।

 

मंगलबार नै कंसाकारले अर्को ट्वीटमा जहाज खरिदमा नभएका अनावश्यक शंका र बहसलाई नीच सोच भन्नुभएको छ ।

 

त्यसै दिन नै कंसाकारले जहाजको मालिक निगम हो भने नेपाल नागरिक उडड्यन प्राधिकरणले सर्टिफिकेट दिएको अवस्था स्वामित्वको बहस गरिएको भन्दै जहाजको मालिकका विषयमा प्रश्न सोध्न जायज छैन भन्ने ट्वीट गर्नुभएको छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया