राेनाल्डाेले छाेडेपछि रियल मड्रिडकाे कन्तबिजाेग, एइबरले समेत ३–० ले हरायाे

 मंसिर ८, २०७५ शनिबार २०:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्पेनिस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ ।

शनिबार भएको खेलमा एइबरसँग रियल तीन शून्यले स्तब्ध बन्यो । पछिल्लो पटक निकै खराब फर्मका कारण आलोचित बनेको रियलले प्रशिक्षक बर्खास्त समेत गरेको थियो ।

तर नयाँ प्रशिक्षक आए पनि रियलले खेलमा सुधार गर्न सकेन । लिगका तल्लो भागमा रहेको एइबरले रियलविरुद्ध खेलको १६ औं मिनेटमा पहिलो गोल गर्यो ।
उसका लागि इस्कालान्टाले गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको रियलले दोस्रो हाफमा थप दुई गोल खायो ।

स्टार खेलाडीले भरिएको रियलविरुद्ध एइबरका सर्जी इनरीचले ५२ औं मिनेटमा दोस्रो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा कीकीले एइबरका लागि तेस्रो गोल गर्यो ।
जारी लिगमा रियलको यो पाँचौ हार हो । उसको १३ खेलबाट मात्र २० अंक रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया