दीप प्रज्वलन गरी महिला हिंसाविरुद्ध १६ दिने अभियानको सुरुवात

 मंसिर ९, २०७५ आइतबार ७:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – लैगिक हिंसाविरुद्ध १६ दिने अभियानको पूर्व सन्ध्यामा शनिबार बेलुका  धादिङबेसीमा दीप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख बिन्दाबरामु नेपाली, निमित्त प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोलगायतले अभियानको दीप प्रज्ज्वलन गरी अभियानको  सुरुवात गर्नुभयो ।  

महिलामाथि हुने हिंसा अन्त्य गर्न सबै लाग्न र सचेतना अभियानलाई निरन्तर चलाउँदै लैजान आफूहरुसमेत लाग्ने प्रतिवद्धता जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले गर्नुभयो ।   

नीलकण्ठ नगरपालिका, जिल्लामा क्रियाशिल सहयात्री समाज, इन्सेक, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजल, प्रयास नेपाल, आईसीडीसीलगायतका संस्थाहरुको आयोजनामा धादिङबेसी पुछारबजारमा दीप प्रज्वलन गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया