सानो लगानीको केरा खेती बाटै वार्षिक ३ लाख आम्दानी

 मंसिर ९, २०७५ आइतबार ९:११:३५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – खप्तड छान्ना गाउँपालिका वडा नम्बर ५ सुतारी गाउँका प्रकाश खत्रीले केरा खेतीबाट नै वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गर्नुहुन्छ । गाउँ घरका सबै युवाहरु रोजगारीका लागि भारत गइरहेको बेलामा  खत्रीले घरको आँगन वरीपरी नै केरा खेती गरेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । 

कुनै सिजनमा वार्षिक ६ लाखसम्म पनि केरा खेतीबाट आम्दानी हुने गरेको उहाँको भनाई छ । उहाँले घर वरीपरी नै ५ रोपनी जग्गामा केरा खेती गर्नुभएको छ । केरा खेतीमा उहाँलाई उहाँका तीन भाइसहित छोराछारीले सहयोग गर्दै आइरहेका छन् । 


 
केरा खेतीले आम्दानी गर्न थालेपछि घरखर्च चलाउन र बालबच्चाको पढाईलेखाईमा सहयोग पुगेको उहाँले बताउनुभयो । कृषि खेतीको लागि योग्य माटो, सिचाँई गर्न पानीको स्रोत पर्याप्त नभएकोले चाहेजति ठाउँमा खेती गर्न नसकेको र उत्पादन पनि हुन नसकेको उहाँले बताउनुभयो । 

तरपनि उहाँले खेती विस्तार गर्ने योजना बनाउनु भएको छ । स्थानीयहरु उहाँको घरमा नै गएर केरा खरिद गर्ने गर्छन् । उहाँले केरा सँगसँगै अब तरकारी खेती पनि गर्ने योजना बनाउनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया