दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुने संभावना छैन : महामन्त्री कोइराला

 मंसिर ९, २०७५ आइतबार ११:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने संभावना नरहेको दाबी गर्नुभएको छ । 

पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आईतबार पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिनुभएको हो । 

विधान विपरित पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै थप गरिएको समयभित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिनुभयो ।

नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो । 

यसअघि विधान अनुसार नेविसंघको दुई वर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया