ढोरपाटनमा भिषण आगलागी, ३० घर जले

 मंसिर ९, २०७५ आइतबार ११:५८:४५ | दिल शिरीष
unn.prixa.net

बागलुङ – ढोरपाटन नगरपािलका ९ (ढोर) नविमा आइतबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेको छ । 

राति दुई बजेतिर घरबाट सल्किएको आगोका कारण ३० घर पूर्ण रुपमा जलेको हो । जलेका घरहरु नजिकै रहेको २३ घर भने जोगाउन सफल भएको नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति मेजर रविजंग खड्काले बताउनुभयो । आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिइएको थियो । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ यो क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ । 

ढोरपाटनका बासिन्दा चैतदेखि कात्तिक महिनासम्म यो ठाउँमा बस्ने गरेको भए पनि  चिसो मौमसमा भने जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । स्थानीयबासिन्दा जाडो छल्न बेसी झरेका कारण मानवीय क्षति भने नभएको मेजर खड्काले बताउनुभयो ।

दुई चारजना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घरसहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ति नै सुनसान रहेको अवस्थामा अचानक लागेको आगलागीले ठूलो रुप लिएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन ।

घटनास्थलदेखि झण्डै ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाएपछि गुल्मका गुल्मपति मेजर खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो नियन्त्रणमा लिन सफल भएको थियो ।

------------------------------

बाग्लुङको ढोरपाटनका पुरा गाउँ रेखदेख गर्ने चौकिनीहरुको कथा

अन्तिम अपडेट: चैत ५, २०८०

दिल शिरीष

बाग्लुङ्गका उज्यालो सहकर्मी दिल शिरीष पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया