ज्वाईंको बर्थडे पार्टीमा नाचे पूर्वराजा ज्ञानेन्द्र

 मंसिर ९, २०७५ आइतबार १२:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले नाचेको तस्बिर सार्वजनिक भएको छ । ज्वाईं राजिब शाहीको जन्मदिन समारोहमा परिवारसहित सहभागी भएका शाह नाच्नुभएको हो ।

समारोह भएको 'द त्रिसरा रेष्टुरेन्ट'ले आफ्नो फेसबुक पेजमा ज्ञानेन्द्र शाह नाचेको सहितका तस्बिर सार्वजनिक गरेको छ । 

जन्मदिनको अवसरमा भएको कार्यक्रममा पूर्व रानी कोमल, पूर्व युवराज पारस सहित पूर्व राजपरिवारका अरु सदस्यको उपस्थिति थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया