यस्तो बन्यो नेपाली चलचित्र ‘समर लभ’को टिजर

 मंसिर ९, २०७५ आइतबार १३:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सिनेमा समर लभको आधिकारिक टिजर सार्वजनिक भएको छ ।

नाइटिङगल इन्टरटेनमेन्टको  ब्यानरमा निर्माण भएको यो सिनेमा सुबिन भट्टराईकाे चर्चित उपन्यास समर लभमा आधारित रहेर तयार पारिएको हो ।  माघ २५ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमाको टिजर निकै नै आकर्षक बनाइएको छ ।  टिजरमा बाथ टबको एक सिन समावेश गरिएको छ जसले दर्शकको मनमा कौतुहलता जगाएको छ । 

मुस्कान ढकालको निर्देशन रहेको यस सिनेमामा  सुरज सिंंह ठकुरी, रेवती क्षेत्री, आशिष पिया,  नम्रता सापकोटा  लगायतका कलाकारको मुख्य भूमिका छ ।

सिनेमाको टिजर पनि यिनै कलाकारको वरिपरि घुमेको छ ।  सिनेमामा पुष्पन प्रधानको शब्द तथा संगीत, सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको छ भने सुबिन भट्टराईको कथा छ । 

कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, मानकृष्ण महर्जनको छायाँकन रहेको यस सिनेमामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ ।

 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया