तेस्राे तथा निर्णायक टी-ट्वेण्टीमा अष्ट्रेलियाले भारतलार्इ दियाे १६५ रनकाे लक्ष्य

 मंसिर ९, २०७५ आइतबार १५:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलिया र भारतबीचको तीन टी ट्वेण्टी श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा अष्ट्रेलियाले भारतसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अष्ट्रेलियाको सिड्नीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो । त्यसका लागि डार्सी शर्टले ३३, एरोन फिञ्चले २८ तथा एलेक्स क्यारेले २७ रनको योगदान दिए ।

बलिङतर्फ भारतका क्रुणाल पाण्ड्याले सर्वाधिक ४ विकेट लिए भने कुलदीप यादवले १ विकेट लिए । क्रिश लिन रन अाउट भएका थिए ।

तीन टी ट्वेण्टी श्रृंखलाको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई डकवर्थ लुइस नियमका आधारमा रोमाञ्चक ४ रनले पराजित गरेको थियो । हारसँगै १–० ले पछि परेको भारत दोस्रो खेल जित्दै श्रृंखला बराबरीमा ल्याउने दाउमा थियो ।

त्यसै अनुसार उसले अष्ट्रेलियालाई १९ ओभरमा ७ विकेट लिँदै १३२ मा रोकेको थियो । त्यसपछि पानी परेर डकवर्थ लुइस नियम अनुसार भारतले ५ ओभरमा ४६ रनको लक्ष्य पायो तर पानी नरोकिएकाले खेल हुन सकेन र नतिजविहीन रह्यो ।

आजको खेलमा अष्ट्रेलियाले जितेको खण्डमा २–० ले श्रृंखला आफ्नो पक्षमा पार्नेछ भने भारतले जितेको खण्डमा १–१ को बराबरीमा टुंगिनेछ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया