प्रहरीलाई छक्याएर हिरासतमा रहेकी महिला फरार

 मंसिर ९, २०७५ आइतबार १५:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – आइतबार इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको हिरासतबाट  एक महिला अभियुक्त फरार भएका छन ।

२२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिलाले ड्युटी बसेका प्रहरीलाई झुक्याएर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

आफ्नै ससूरालालाई  हत्या गरेर फरार  महिलालाई  १७ दिन पछि प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले अनुसन्धानको लागि उनलाइ  जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको थियो ।

अभियुक्त महिला फरार भएपछि ड्युटीमा रहेका दुई  कारबाहीको तयारी गरिएको एसपी पोख्रेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया