जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–८, डुँड्कुलामा मिनि ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै ज्यान गएको छ ।
प्रहरीका अनुसार बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बा २ क १९७६ नम्बरको मिनि ट्रकको ठक्करबाट सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी ६ वर्षीया करुणा गिरीको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार घटना आइतबार दिउँसो पौने २ बजे भएको हो ।
प्रहरीले मिनि ट्रक र चालक धादिङ भोला गाउँपालिकाका मानबहादुर बिकलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् । डुँड्कुला डुम्रे–बेसीशहर सडकखण्डमा पर्छ ।
घटना घटेसँगै सडक अवरुद्ध छ । सिउँडीबारबाट बेसीशहरतर्फ जाने तथा बेसीशहरबाट सिउँडीबारतर्फ आउने सवारी बीचैमा रोकिएका छन् । घटनास्थलमा स्थानीयको भीड छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
केशव गिरी र लक्ष्मी गिरीकी छोरी करुणा गिरी स्थानीय भूपू सैनिक आवासीय माविमा यूकेजी पढ्थिन् । मृतक करुणाको बुवा केशव गिरी नेपाली सेनामा कार्यरत छन् । स्थानीय रुद्रहरि ढकालका अनुसार मृतकका बुवा केशव गिरी अहिले विराटनगरबाट घर फर्कदै छन् ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।