मुटु कलेजो जोडिएका जुम्ल्याहाकाे मृत्यु

 मंसिर ९, २०७५ आइतबार १८:३०:९ | मुना हमाल

सुर्खेत– शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको अाइतबार मृत्यु भएको छ । 

प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की ललिता बुढाले शरीर जोडिएका छोरीहरुलाई जन्म दिनुभएको थियो । शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै थियो । 

प्रदेश अस्पताल सुर्खेतका बाल रोग बिशषज्ञ डा नवराज केसीले बालिकाकाहरुको मुटु र कलेजो एउटै भएकाले शल्यक्रिया गरेर शरिर छुट्टाउने सम्भव नभएकोले प्रदेश अस्पतालमै उपचार भइरहेको अवस्थामा उनीहरुको मृत्यु भएको बताउनुभयो । 

डा केसीका अनुसार एउटै मुटु कलेजो भएकाले उनीहरुको श्वासप्रवास बढेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया