‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनका लागि मुख्यमन्त्री पौडेल कतार जाँदै

 मंसिर ९, २०७५ आइतबार १८:५०:२९ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कतारमा हुने ‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनमा सहभागी हुन आइतबार राति कतार जाँदै हुनुहुन्छ ।

कतारका अर्थमन्त्री अहमद बिन जसिम बिन मोहमद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेल कतार भ्रमणमा जान लाग्नुभएको हो । मुख्यमन्त्री पौडेसँगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि कतारको ४ दिने भ्रमणमा निस्कनुहुनेछ ।

कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल कतार जान लाग्नु भएको हो  । मुख्यमन्त्री पौडेल १३ गते स्वदेश फर्कनुहुनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया