अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति सांसदहरुको आपत्ति

 मंसिर ९, २०७५ आइतबार २०:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पाका सांसदहरुले नै अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पाकी सांसद रेखा शर्माले अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको हो । आइतबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले कर्मचारी समायोजना ऐन संशोधन गर्नुको औचित्य पुष्टि गरेर देखाउन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चुनौती दिनुभयो ।

सांसद शर्माले लोक सेवा आयोगको सुझावको आधारमा कर्मचारी समायोजनाको कामलाई छिटो टुंगोमा पु¥याउन पनि सरकारसँग माग गर्नुभयो । बैठकमा नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर नागरिकता ऐन संशोधन गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले नागरिकसम्बन्धी सो विधेयकलाई टुंगोमा पु¥याउन विज्ञहरुसँग आवश्यक परामर्श लिनुपर्ने धारणा पनि राख्नुभयो ।

समितिको सोमबारको बैठकमा नेपाल नागरिक ऐन संशोधन विधयेकमाथि छलफल हुनेछ । समितिकी सभापति शशी श्रेष्ठले सोमबारको बैठकमा संशोधनकर्ता सांसदहरुले सो विधेयकका सम्बन्धमा आ–आफ्नो सुझाव राख्नु हुने जानुकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया