देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सीआईआई कन्म्याक २०१८’ सम्पन्न

 मंसिर ९, २०७५ आइतबार २०:१९:२० | उज्यालो सहकर्मी

काठमाडौं – पूर्वाधार क्षेत्रको विकासमा नयाँ आधारस्तम्भ खडागर्दै देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ शनिबार सम्पन्न भएको छ ।
प्रदर्शनी भारतीय उद्योग संघ (सीआईआई) को अयोजनामा सल्लाघारीको खुल्ला चौरमा यही नोभेम्बर २२ देखि आयोजना भएको हो । 
प्रदर्शनीको ६,००० भन्दा बढी व्यावसायिक साझेदारहरुले अवलोकन गरे । 

यो प्रदर्शनीले नेपालमा प्रदर्शनीको स्तरको लागि उत्कृष्टता र व्यावसायिकताको पक्षमा नयाँ आधार खडा गरेको प्रदर्शनमा सहभागी व्यवसायीहरुले बताए । 
नेपालकै सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनीकोरुपमा सम्पन्न सो प्रदर्शनीले नेपालको पूर्वाधार क्षेत्रको विकास र नविनतम प्रविधिको व्यवस्थापनका लागि मार्गदर्शक बनेको आयोजक संस्था सीआईआईले जनाएको छ । 

नेपालमा भौतिक पुर्वाधारको क्षेत्रमा अझै धेरै काम गर्न वाँकी रहेकोले यस्ता किसिमका प्रदर्शनी आउँदो वर्ष अझ विशेष रुपमा आयोजना गरिने आयोजकले जनाएको छ । 
कन्म्याक नेपाल २०१८ का अध्यक्ष अरविन्द के गर्गले तीन दिने प्रदर्शनी निकै फलदायी भनेको र आगामी दिनमा पनि नेपालमा यस्तो किमिसको प्रदर्शनी गर्न थप प्रेरणा मिलेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया