टी टेन क्रिकेट: सन्दिपले लिए राजपुत्सकाे पहिलाे विकेट

 मंसिर ९, २०७५ आइतबार २०:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

टी टेन क्रिकेट अन्तरगत सन्दिप लामिछानेले राजपुतविरुद्ध पहिलो ओभरमै विकेट लिन सफल भएका छन् ।

ओपनिङ स्पेल लिएर आएका सन्दिपले पहिलो ओभरको पाँचौ बलमा विकेट लिन सफल भए । उनले मोहम्मद सहजादलाई क्याच आउट गराउँदै केरला किंग्सलाई पहिलो सफलता दिलाएका हुन् । यसअघिकाे खेलमा सहजादले १६ बलमा ६७ रनकाे विस्फाेटक पारि खेलेका थिए ।

पहिलो ओभरमा सन्दिपले ६ रन खर्चिएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया