टी १० लिग : तेस्रो खेलमा पनि जमे सन्दीप, लिए महत्वपूर्ण २ विकेट

 मंसिर ९, २०७५ आइतबार २१:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी–१० क्रिकेट अन्तर्गत सन्दीप लामिछानेले तेस्रो खेलमा पनि आफ्नो प्रभाव कायमै राखेका छन् ।

पहिलो खेलमा ३ विकेट लिएर सनसनी मच्चाएका सन्दीपले दोस्रो खेलमा १ विकेट हात पारेका थिए । केरला नाइट्सबाट खेलेका सन्दीपले तेस्रो खेलमा राजपूतविरुद्ध ओपनिङ बलिङ गरेका थिए । पहिलो भन्दा दोस्रो ओभर महंगो सावित भएका सन्दीपले समग्रमा २३ रन खर्चिएर २ विकेट लिए ।

सन्दीपले पहिलो ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए ।

पहिलो बलमा मोहमद सहजाद १ रन लिँदै खाता खोलेका थिए । लगातार दुई बलमा ब्रेन्डम म्याकुलमले खाता नै खोल्न सकेनन् । चौथो बलमा १ रन बनाउँदै स्ट्राइक परिवर्तन भएर मोहमद सहजाद ब्याटिङमा आएका थिए । सन्दीपको पाँचौ बल फेस गरेका सहजादले फिल्डरलाई क्याच दिँदै आउट भएका थिए । उनको क्याच वेने पार्नेलले लिएका थिए ।

सहजादले यसअघिको खेलमाा १६ बलमै ६७ रनको विस्फोटक पारि खेलेका थिए ।

सातौं ओभरमा आफ्नो अन्तिम बलिङ गर्न आएका सन्दीपले दोस्रो विकेट लिए । 

सातौं ओभरको पहिलो र दोस्रो बलमा लाउरे इभानेसले लगातार दुई छक्का प्रहार गरेका थिए । तेस्रो बलमा १ रन लिएर स्ट्राइक चेन्ज भए पछि कार्लोस ब्रेथ्वेटलाई आउट गरे । ब्रेथ्वेटले प्रहार गरेको बेल किरोन पोलार्डले क्याच लिएका थिए । अन्तिम बलमा भने उनले चौका दिएका थिए ।

राजपूतले ९ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ९४ रन बनाएको छ । पानी परेका कारण अहिले खेल रोकिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया