उपहार गोलले आर्सनलको जित

 मंसिर १०, २०७५ सोमबार ६:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले अपराजित यात्रा कायम राख्न सफल भएको छ । आइतबार रातिको खेलमा बर्नमाउथमाथि २–१ गोलको जित निकाल्दै २७ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

आर्सनलको जितमा एक गोल भन्ने उपहार पाएको थियो । ३० औं मिनेटमा जेफरसन लर्माले बल किलियर गर्न खोज्दा आफ्नै जाली चुमे पछि उपहार गोलमार्फत आर्सनलले अग्रता बनाएको थियो । जोसुवा किंगले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै बर्नमाउथलाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरी भए पनि दोस्रो हाफमा आर्सनलले १ गोल थप्दै अपराजित यात्रा कायमै राखेको हो । पेरेर इमरिकले गोल गर्दै आर्सनलको जित पक्का गरेका हुन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया