चिनियाँ वाणिज्य–दूतावास हमलाको ‘मास्टरमाइन्ड’ भारतमा

 मंसिर १०, २०७५ सोमबार ७:३०:४९ | एजेन्सी
unn.prixa.net

चिनियाँ वाणिज्य–दूतावासमा भएको उग्रवादी हमलामा ‘भारतीय सम्बन्ध’ रहेको पाकिस्तानी पत्रिकाहरुले जनाएका छन् । बलूचिस्तान प्रदेशका गृहमन्त्री सलिम खोसाले घटना भारतले गराएको हो भन्ने आरोप लगाएका छन् । 

पाकिस्तानी समाचारपत्र जंगका अनुसार गृहमन्त्री खोसाले चिनियाँ वाणिज्य–दूतावासमा भएको हमलाको मास्टरमाइन्ड असलम अच्छु भारतमा रहेको बताए । 

मन्त्री खोसाले पहिले नै असलम अच्छुको निधन भएको भन्ने खबर आएको भए पनि त्यो खबर गलत भएको र असलम अच्छु भारतको एक अस्पतालमा उपचार गराइरहेको उनले बताए । 

पाकिस्तानको ‘काउन्टर टेरोरिजम डिपार्टमेन्ट (सीटीडी)का अध्यक्ष राजा उमर खत्ताबले वाणिज्य–दूतावासमाथि गरिएको हमलामा सी–४ प्लाष्टिकको प्रयोग गरिएको र यो प्लाष्टिक पाकिस्तानमा नपाइने बताए । 

गएको नोभेम्बर २३ मा  पाकिस्तानको प्रमुख सहर कराँचीमा चिनियाँ वाणिज्य–दूतावासमा उग्रवादी हमला भएको थियो ।

हमलामा तीन आक्रमणकारी समेत कुल ७ जना मारिएका थिए । मारिनेमा दुई सर्वसाधरण थिए भने बाँकी सुरक्षाकर्मी थिए ।  पाकिस्तानको एक प्रदेश बलूचिस्तानलाई स्वतन्त्र बनाउनुपर्ने माग लिएको संगठन ‘बलूचिस्तान लिब्रेशन आर्मी’ ले हमलाको जिम्मेवारी लिएको छ । 

–बीबीसी हिन्दीकाे सहयाेगमा 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया