आगलागीमा परेर झापामा एकै परिवारका चारजनाको मृत्यु

 मंसिर १०, २०७५ सोमबार ७:५१:३९ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – शिवसताक्षी नगरपालिका वडा नम्बर –७ लालझोडामा आगलागी हुँदा एकै परिवारका चारजनाको ज्यान गएको छ ।  आगलागीमा परेर ३६ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र तीन महिनाको छोरो टिकाराम खनालको ज्यान गएको प्रहरीले जनाएको छ ।

आगलागी के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ । खनाल परिवारका सम्पूर्ण सदस्य सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जनाएको छ ।

घरमा चारै तिरबाट आगो लागिसकेको अवस्थामा गाउँलेले थाहा पाएका थिए । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । दमकल आएर आगो निभाउँदा परिवारका सबै सदस्यको ज्यान गइसकेको थियो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया