रुसद्वारा युक्रेनको जहाज कब्जा

 मंसिर १०, २०७५ सोमबार ८:३३:१२ | एजेन्सी
unn.prixa.net

रुसले क्रिमियाई प्रायद्विपमा रहेका युक्रेनको नौसेनाको जहाज कब्जा गरेको छ । यसै विषयलाई लिएर रुस र युक्रेनबीच  चर्चा बढेको छ । यस सम्बन्धमा भने दुबै देशले एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् ।

रुसले युक्रेनको जहाज अजोभ सागरमा गैरकानूनी ढङ्गले आफ्नो जल सीमामा पसेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो ।

रुसले हतियार युक्त डुंगा र डुंगालाई तान्ने पानी जहाज नियन्त्रणमा लिएको हो । नियन्त्रणका क्रममा युक्रेनका ६ जना सदस्य घाइते भएका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया