उदयपुरमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु

 मंसिर १०, २०७५ सोमबार ९:६:२३ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – चुन ढुंगा बोक्ने टिप्परले ठक्कर दिँदा उदयपुरमा एकजनाको ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिप्परले आइतबार राति ठक्कर दिँदा  त्रियुगा नगरपालिका ७ चुहाडे कपसे बस्ने १९ वर्षीय सोनाम राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

एक महिनादेखि उदयपुरगढी गाउँपालिका वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगको चुन ढुंगा टिप्परले बोक्दै आएको थियो । ठक्कर दिने टिप्पर भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

चुनढुंगा बोक्ने दुई दर्जनभन्दा बढी टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।  त्यस क्षेत्रमा अहिले स्थानीयले टिप्पर आवत–जावतमा रोक लगाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया