मेला हेर्न गएका युवक खोलाको किनारमा मृत भेटिए

 मंसिर १०, २०७५ सोमबार ९:२६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम  – मेल्लेख गाउँपालिका १ कासागाड खोला किनारमा एक युवक मृत अवस्थामा भेटिएका छन् । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडानम्वर १ सल्लेडी बस्ने भगे दमाईका छोरा २६ वर्षीय धने नेपाली मृत अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ ।

मेल्लेख गाउँपालिका १ को आसिकाट्ने भन्ने ठाउँमा मेला हेर्न गएका नेपाली खोला किनारमा मृत भेटिएपछि मेल्लेख १ का वडाध्यक्ष तुले धामीले प्रहरीलाई खबर गर्नुभएको थियो । 

इलाका प्रहरी कार्यालय बगुडा ठाँटीबाट प्रहरी सहायक निरीक्षक खडकबहादुर थापाको टोली आइतबार दिउँसो घटनास्थल पुगेको थियो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया