मर्स्याङ्दीको चिसो पानीमा 'र्‍याफ्टिङ'

 मंसिर १०, २०७५ सोमबार १०:५६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ– मर्स्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता भैरहेको छ । गएको शनिबारबाट सुरु भएको जल खेलकुद प्रतियोगिता सोमबारसम्म चल्नेछ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले मस्र्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता आयोजना गरेको हो । 

‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ नाम दिइएको यस जल खेलकुद प्रतियोगिता ‘नेपाल पर्यटन वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यकासाथ आयोजना गरिएको नाराका अध्यक्ष निम बहादुर मगरले बताउनुभयो । उहाँका अनुसार शनिबार भएको खेलमा २० जनाले भाग लिएका थिए । प्रतियोगितामा १५ पुरुष र ५ महिला थिए । 

प्रतियोगितामा नेपालीसहित बेलायत, आयरल्याण्ड र जर्मनीका खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा ४ सय जनाले सहभागिता जनाउने आयोजकको आँकलन छ ।    हिमालय रिभर गाईड एशोसियसनका पूर्व अध्यक्ष युवराज अधिकारीका अनुसार प्रतियोगितामा विभिन्न तीन वटा खेल संचालन हुनेछ ।

उहाँका अनुसार ‘कायक डाउन रिभर रेस’, ‘एक्ट्रिम कायक स्लालोम’, र ‘बोटर क्रस गेम’ सञ्चालन हुनेछ ।  ‘कायक डाउन रिभर रेस’मा प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले ३० हजार र तृतीया हुनेले २० हजार रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् । 

यसैगरी, ‘एक्ट्रिम कायक स्लालोम’ र ‘बोटर क्रस गेम’मा पनि प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले ३० हजार र तृतीया हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ४९ लाख ४२ हजार बजेट लाग्ने अनुमान गरिएको छ । जानकारहरुका अनुसार मस्र्याङ्दी नदी ¥याफ्टिङका लागि साहसिक र उययुक्त मानिन्छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया