नेकपाको सचिवालय बैठक स्थगित

 मंसिर १०, २०७५ सोमबार ११:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन तोक्नका लागि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । 

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको कार्य विभाजनको गृहकार्य गरिनसकिएकाले सचिवालय बैठक भोलिसम्मका लागि सरेको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव विष्णु पोख्रेलले आइतबार दिनभर नेताहरुको रुची, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य विभाजनको प्रतिवेदन तयार पारेपछि मंगलबार दिउँसो सचिवालय बैठक बसेर टुंगो लगाउने उहाँले बताउनुभयो । 

केन्द्रीय केन्द्रीय सदस्यको कार्य विभाजन र प्रदेश कमिटी सदस्यको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया