एडीबीले नेपालका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण दिने

 मंसिर १०, २०७५ सोमबार १२:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठडमाडौं – एसियाली विकास बैंक (एडीबी)ले नेपालको दुईवटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । 

अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सोमबार अर्थ मन्त्रालयका एक कार्यक्रमकाबीच नेपालको ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना र विद्युतीय प्रशारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

१ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाइन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिनु भयो ।

एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । अर्थ सचिव खनालले नेपालको गरिवी निवारणमा एडीबीले पु¥याएको योगदानको खुलेर प्रशंशा गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया