आमा बनिन् युना उप्रेती

 मंसिर १०, २०७५ सोमबार १२:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिनेमा पर्खी बसेबाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री युना उप्रेती अमरिकामा बस्दै आएको पनि लामो समय भईसकेको छ । नेपाली सिनेमामा सक्रिय हुँदाहुँदै अमेरिकामा भएको एक कार्यक्रममा पुगेकी युना पछि उतै सेटल भइन् । 

अमेरिकामै रहँदै आएका विकास अधिकारीसँग उनको विवाह भयो । अमेरिकामै घरजम गरेर बसेकी युनाले नोभेम्बर २१ मा छोरीलाई जन्म दिएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गरेकी छिन् ।

युनाले फेसबुकमार्फत नै छोरीको नाम आफूहरुले साईरा राखेको पनि उल्लेख गरेकी छिन् । सिनेमा पर्खि बसेँबाट डेब्यु गरेकी युनाले त्यसपछि हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ,  दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिसलगायतका सिनेमामा काम गरेकी छिन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया