ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो

 मंसिर १०, २०७५ सोमबार १६:२९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटका लागि ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले दुई खेलाडी छनोट गरेको छ । 

भैरहवाले ट्यालेन्ट हटमार्फत कुशल मल्ल र युवा लेग स्पिनर अनिल खरेललाई टिममा राखेको छ ।

प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ स्थानीय खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जसअनुसार भैरहवाले दुई खेलाडी अनुबन्ध गरेको हो । 

यस्तै ईपीएलका लागि नै काठमाडौले चाँडै ट्यालेन्ट हन्ट गर्ने भएको छ । आउँदो मंसिर २२ गतेबाट आयोजना हुने ईपीएलका लागि भैरहवाले यू–१९ क्रिकेट टिमका सदस्य छनोट गरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया