इनरुवामा हुने भयो एकदिवसीय क्रिकेट प्रतियोगिता, विजेतालाई ४ लाख पुरस्कार

 मंसिर १०, २०७५ सोमबार १६:३६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाए पनि घरेलु प्रतियोगितामा ५० ओभरका खेलहरूको कमी भइरहेका बेला इनरूवामा पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

शान्ति दीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा रंगशालामा हुने प्रतियोगिता पुस २१ गतेबाट माघ ७ गतेसम्म इनरुवामा हुने छ । जसमा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेताले ४ लाख १ हजार र उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले २५–२५ हजार रूपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार र विधागत रूपमा उत्कृट हुने बलर र ब्याट्सम्यानले २० हजार १ सय रूपैयाँ हात पार्नेछन । यस्तै फेयर प्ले टिमले १५ हजार हात पार्नेछ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले काठमाडौंबाहिर ठूलो प्रतियोगिता हुन लागेको कारण राखेपले भौतिक र आर्थिक सहयोग गर्ने बताए । साथै उनले आर्थिक रूपमा ठूलो सहयोग गर्न लागेको बताए ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया