सप्तरीमा दुईजनाको ज्यान गयो

 मंसिर १०, २०७५ सोमबार १६:५१:४७ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीमा सोमबार भएको छुटा छुटै घटनामा एक बालकसहित दुई जनाको ज्यान गएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ८ मा पोखरीमा डुबेर एकजना बालकको ज्यान गएको छ । स्थानीय अरवीन्द्र साहका ३ वर्षका निराजन साहको घर नजिकै रहेको पोखरीमा डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साहको आफ्नै हजुर आमासँग पोखरीमा नुहाउन जाँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो । त्यस्तै सडक किनारमा रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको ज्यान गएको छ । ट्रकमा ठोक्किएर मोटरसाइकल चालक खडक नगरपालिका–७, का ३९ वर्षीय मो. एजाजुल हकको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शम्भुनाथ नगरपालिका–८ मा रहेको महेन्द्र राजमार्गमा बिग्रिएर रोकिराखेको लु. १ ख ७०६१ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१ प ९०५८ मोटरसाइकल ठोक्किएपछि त्यसमा सवार हक गम्भीर घाइते भएका थिए । घाइते हकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया