आईसीसी वरीयता : पारस एक स्थान तल झर्दा सोमपाल एक स्थान माथि उक्लिए

 मंसिर १०, २०७५ सोमबार १७:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२० वरीयतामा सोमपाल कामी एक स्थान माथि उक्लिएका छन् ।

आईसीसीको नयाँ वरीयतामा टी–ट्वान्टीमा एक सय भित्र तीन जना खेलाडी रहेका छन् । जसमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी रहेका छन् । जसमा ब्याटिङमा कप्तान पारस खड्का दुई स्थान तल झर्दै ९५ स्थानमा पुगेका छन ।

बलिङतर्फ सोमपाल कामी एक स्थान माथि उक्लँदै ९३ औँ स्थानमा पुगेका छन भने बसन्त रेग्मी ७५ औं स्थानमा कायम रहेका छन् ।

अलराउण्डमा भने पारस र सोमपालको वरीयतामा परिवर्तन भएको छैन । पारस ४१ र सोमपाल ६४ स्थानमा नै छन ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया