श्रीलंकामा पहिलो पटक टेस्ट क्रिकेट शृङ्खलामा इंग्ल्याण्डको ‘क्लिन स्विप’

 मंसिर १०, २०७५ सोमबार १७:५०:३४ | एजेन्सी
unn.prixa.net

टेष्ट क्रिकेटमा इंग्ल्याडले श्रीलंकामा पहिलो पटक तथा समग्रमा तेस्रो पटक विदेशी भूमिमा सिरीज क्लिन स्विप गरेको छ । 

श्रीलंकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्यान्डले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम टेष्टको चौथो दिन सोमबार ४२ रनको जित निकाल्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा ३३६ रन बनाएको थियो । जवाफमा श्रीलंकाले पहिलो इनिङसमा २ सय ४० रन जोडेको थियो । जवाफमा इंग्ल्यान्डले दोस्रो पारीमा थप २ सय ३० रन जोड्दै घरेलु टोलीलाई ३२७ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्यान्डले दिएको ३२७ रनको लक्ष्य पछ्याएको श्रीलंका ८६ ओभर ४ बलमा २ सय ८४ रन जोड्दै अलआउट भयो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ८६ तथा रोशेन सिल्भाले ६५ रन जोडे पनि श्रीलंकालाई जित दिलाउन सकेनन् । इंग्ल्यान्डका मोइन अली र ज्याक लिचले समान ४–४ विकेट लिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया