अनमोल र साराको अफेयर हल्ला मात्रै

 मंसिर १०, २०७५ सोमबार १८:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेता अनमोल केसी महिला फ्यानहरु बढी हुने अभिनेतामा पर्छन् । 

उनलाई मन पराउने धेरै छन् तर उनले मन पराए रे, उनी अफेयरमा छन् रे भन्ने खबरहरु आउँदैनन् ।

तर आइतबार सबैलाई छक्कै बनाउने गरी उनको नाम  अभिनेत्री सारा श्रीपाइलीसँग जोडेर उनीहरु एकअर्काको प्रेममा रहेको खबर सार्वजनिक भयो । उनीहरुको यो खबर कतिले त पत्याएनन् तर कतिले भने हावा नचली पात नहल्लिने भन्दै शंका गर्न थाले ।

अनमोलसँग अफेयर रहेको खबर सार्वजनिक भएपछि अभिनेत्री साराले आफूहरु इन्स्टाग्रामको साथी मात्र रहेको बताएकी  छिन् । साराले आफू अनमोलको प्रेममा रहेको कुरा सोझै नकारेकी छिन् । 

सिनेमा ‘रुद्र’बाट डेब्यू गरेकी साराले त्यसपछि त्यसपछि सिनेमा ‘पिंजडा ब्याक अगेन’मा काम गरिन् । 

यतिबेला उनी आफ्नो तेस्रो सिनेमा ‘सुश्री सम्पत्ति’को प्रचारप्रसारमा छन् । तर यो खबर सार्वजनिक भएपछि भने सारा मिडियामा खासै आउन नचाहेको बुझिएको छ । 
 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया