आफ्नै काकाबाट चार वर्षीया बालिका बलात्कृत

 मंसिर १०, २०७५ सोमबार १८:३४:४३ | नवीन गुरुङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिकामा आफ्नै काकाबाट नाबालिका भतिजी बलात्कृत भएकी छिन् ।

आइतबार बिहान अन्दाजी ११ बजेको समयमा आफ्नै ४ वर्षकी नाबालिका भतिजीलाई जबरजस्ती करणी गरी २२ वर्षीया काका फरार भएका थिए ।

पीडित बालिकाको परिवारले दिएको उजुरी र हुलियाको आधारमा खोजतलास गर्दा पाँचखपन नगरपालिका–१, मा बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको संखुवासभाका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिनुभयो ।

उहाँको अनुसार अभियुक्तलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालत चैनपुरबाट जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया