ईपीएल क्रिकेटका लागि भैरहवाले भित्र्यायो तीन विदेशी खेलाडी

 मंसिर १०, २०७५ सोमबार १८:४८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ईपीएल क्रिकेटका लागि भैरहवा ग्लाडियटर्सले तीन जना विदेशी खेलाडी भित्र्याएको छ । 

गएको संस्करणको उपविजेता भैरहवाले  नेदरल्याण्डका रायन टेन डोस्टेलाई अनुबन्ध गरेको छ । डोस्टेले इन्डियिन प्रिमियर लिग आईपीएललगायत विश्वका अन्य लिगसमेत खेलिसकेका छन् । नेदरल्याण्डका अलराउण्डर डोस्टेले अहिले सम्म ५ वटा एकदिवसीय शतक तथा ९ अर्धशतक समेत बनाइसकेका छन् ।

यसैगरी भैरहवाले फास्ट बलर यएईका मोहम्मद नावीद  भारतीय ब्याट्सम्यान रभि इन्दर सिंहलाई पनि अनुबन्ध गरेको जनाएको छ । नावीदले अहिले टी टेन क्रिकेटमा केरला नाइट्सबाट नेपाली युवा बलर सन्दीप लामिछानेसँगै खेलिरहेका छन् । 

यसैगरी भारतीय ब्याट्सम्यान सिंह आएपछि मिडिल अर्डर राम्रो हुने अपेक्षा गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया