भूकम्प पीडितले सरकारलाई फिर्ता दिए ५० हजार

 मंसिर १०, २०७५ सोमबार १८:५६:५३ | रासस

धादिङ – सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्प पीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् ।

नीलकण्ठ नगरपालिका–९, मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको ५० हजार रुपैयाँ फिर्ता गरिदिनुभएको छ । राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा गएर लम्सालले रकम फिर्ता गरिदिनुभएको हो । घर बनाउन आफूसँग उपयुक्त घडेरी र पर्याप्त रकम नभएकाले सरकारबाट लिएको रकम फिर्ता गरिदिएको लम्सालले बताउनुभयो ।

यसअघि धादिङबेशी बीचबजारका डिलबहादुर श्रेष्ठले सरकारबाट लिएको ५० हजार रुपैयाँ फिर्ता गर्नुभएको थियो । धादिङमा ८३ हजार लाभग्राही रहेकामा ३० हजारले घर पूर्णरुपमा बनाएर तेस्रो किस्ता लिइसकेको र लाभग्राहीमध्ये ३० हजारले पहिलो किस्ता लिएर पनि अझै घरको जगसमेत हालेका छैनन् ।

लाभग्राहीको नामावलीमा नाम नभएका १८ हजारले निवेदन हालेका छन् । सरकारले आउँदो पुस मसान्तसम्म रकम लिएर घर नबनाएकालाई पैसा फिर्ता गर्न सूचना जारी गरेको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया