सिके राउतका तीन समर्थक पक्राउ

 मंसिर १०, २०७५ सोमबार १९:३१:२८ | रासस
unn.prixa.net

सिराहा – स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१०, का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रामपुकार यादव र मनिष यादवलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनैलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको बताइएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया