बिजुलीको पोलमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

 मंसिर ११, २०७५ मंगलबार ७:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिजुलीको पोलमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  काठमाडौंको मैतीदेवीमा बा ८२ ब ४८७६ नम्बरको स्कुटर राति पौने १२ बजे बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको प्रहरीले जनाएको हो । 

ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । काठमाडौं उपत्यकामा बिजुलीका पोलका कारण सडक दुर्घटना बढ्दै गएको छ । साँघुरो सडकमा राखिएका बिजुलीका पोलसँगै  चालकले लापरबाहीका कारण दुर्घटना बढेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया