टी–१० क्रिकेट : चाैथाे खेलमा लय लिन सकेनन् सन्दीपले

 मंसिर ११, २०७५ मंगलबार ७:५१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी–१० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले चौथो खेलमा लय लिन सकेनन् । 

उनले २ ओभरमा २८ रन खर्चिँदासमेत विकेट हात पार्न असफल भएका हुन् । सुरुका तीन खेलबाट ६ विकेट लिएका सन्दीप चौथो खेलमा नचलेपछि उनको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित हुन पुग्यो ।

केरलाले रन पछ्याउने क्रममा सन्दीपले ब्याटिङ पनि गरेका थिए । उनी १ रनमा नट आउट रहे । केरलाका क्रिस गेलले ३५ रन जोड्दा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन नै गरेनन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया