तिम्ल्याहा बच्चाको उपचारमा सहयाेग गर्न अपील

 मंसिर ११, २०७५ मंगलबार ८:५१:३९ | रासस
unn.prixa.net

म्याग्दी – धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपील गर्नुभएको छ । 

परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उहाँका श्रीमान् राजु परियारले बताउनुभयो । कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८०० ग्राम रहेको छ । 

तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करिब ६० हजार रुपैयाँ जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया