बस दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई नगरपालिकाले ३० हजार दिने

 मंसिर ११, २०७५ मंगलबार ९:१७:४१ | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको बिहीबार डडेल्धुरा– दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई डोटीको शिखर नगरपालिकाले जनही ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ । 

नगरकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो । बैठकले दुर्घटनामा घाइते भएका आफ्नो नगरपालिकाका बासिन्दाको उपचारमा सहयोग पु¥याउन जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । घाइतेहरूको अवस्था हेरी केही सहयोग रकममा थपघट गर्न सकिने गरी निर्णय भएको नगर प्रमुख सिताराम जोशीले बताउनुभयो ।

दुर्घटनामा शिखर नगरपालिका वडा नम्बर ८ का कैलाश रावल, योगेन्द्र रावल र शारदा राउत, वडा नम्बर १० का रोहित बलायर र सागर बलायर र वडा नम्बर ११ का शंकर जोरा, गंगा भाट (जोरा), योगेन्द्र बोहरा र पदम विकको ज्यान गएको थियो भने १० जना घाइते भएका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • rajesh

    Nov. 27, 2018, 11:57 a.m.

    हवाईजहाजको पांग्रा ठोक्किए पनि जांचबुझ समिति गठन हुन्छ , यतिका मानिस घाइते हुँदा , र मर्दा समिति चाहिन्न र /

  •  0 Reply

तपाईको प्रतिक्रिया