चिर्पटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

 मंसिर ११, २०७५ मंगलबार ११:१२:३८ | उषा तामाङ
unn.prixa.net

दोलखा – जिरी नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । सोमबार साँझ ५ बजे जिरी नगरपालिका वडा नं. ९ ठूलोपातल बस्ने ३५ वर्षका तस्बिर तामाङको कुटपिटबाट श्रीमती ३३ वर्षीया राममाया तामाङको ज्यान गएको हो । 

तस्बिर तामाङले आफ्नै श्रीमतीलाई काठको चिर्पटले शरिरको विभिन्न भागमा प्रहार गरेका थिए । उनको कुटपिटबाट श्रीमतीको ज्यान गएको दोलखाका प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

हत्याका अभियुक्त तामाङ फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया