संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

 मंसिर ११, २०७५ मंगलबार १३:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले  संसदको हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको जानकारी दिनु भएको हो ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धी एक दिने गोष्ठीमा बोल्दै उहाँले हिउँदे अधिवेशनमा संविधानसँग बाझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भइरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री ढकालले संसदको आगामी हिउँदे अधिवेशनमा साझा सूची र शान्ति प्रक्रियासँग सम्बन्धित कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको पनि बताउनुभयो ।

मन्त्री ढकालले संविधान संशोधनलाई सहज बनाउन समितिले आयोजना गरेकोे गोष्ठी फलदायी हुने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रम महान्यायाधिवक्ता अग्नि खरेलले कानुन निर्माणसँग सम्बन्धित निकायहरुको काम, कर्तव्य र अधिकारबारे चर्चा गर्नु भएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया