बच्चा हेर्न २ जना न्यानी राखेपछि करीनासँग दाँज्दै ट्रोलरहरुले उडाए शाहीद पत्नी मिरालार्इ

 मंसिर ११, २०७५ मंगलबार १३:१३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता शाहीद कपूरकी श्रीमति मिरा राजपुतले केही समय अगाडि कामदार महिलाहरुलाई निशाना बनाउँदै भनेकी थिइन्, ‘म आफ्ना सन्तानको हेरचाह र रेखदेखका लागि घरमा बस्छु । यसमा म गर्व महसुुस गर्छु, र मलाई आफ्ना बच्चालाई १ घण्टाको समय दिएर काममा जान कुनै हतार छैन । मेरा सन्तानले मभन्दा बढी समय उनीहरुको रेखदेख गर्ने न्यानीहरुका साथ बिताउन् भन्ने चाहन्न । उनीहरुको हरेक कुरा आफँै गर्न चाहन्छु ।’ 

मिराले दिएको उक्त बयान अभिनेत्री करीना कपूरलाई प्रहार गरिएको भन्दै खबरहरु आएका थिए । तर हाल छोरी मीसा र छोरा जेन गरी २ सन्तानकी आमा बनेकी मिरा एयरपोर्टमा देखिइन् । जहाँ उनीसँग उनका २ सन्ताहरुका साथै उनीहरुको रेखदेख गर्ने २ जना न्यानीहरु पनि थिए । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#mirakapoor #mishakapoor and the new angel #zainkapoor today at the airport @viralbhayani

A post shared by Viral Bhayani (@viralbhayani) on

मिराको एयरपोर्टको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै ट्रोलर्सले उनलाई यस अघि दिएको बयानको ठिक विपरित गरेको भन्दै खेदो खनेका छन । 

साथै करीना कपूर एउटी कामकाजी महिला भएको तर मिरा घरमै बसेर पनि आफ्ना सन्ताका लागि २ जना कामदार राख्ने भन्दै खिल्ली उडाएका छन । 

यस्तै केही ट्रोलर्सले करीना काममा व्यस्त भएकाले उनका छोरा तैमुरको लागि न्यानी राखेको तर मिराले करीनाको नक्कल गर्दै उनीजस्तै बन्न खोजे पनि उनी करीनाको स्थानमा कहिल्यै पुग्न नसक्ने भन्दै ट्रोल गरेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया