चीनमा कारले ठक्कर दिँदा बाटो हिँडिरहेका सात जनाको ज्यान गयो

 मंसिर ११, २०७५ मंगलबार १३:१६:२२ | रासस
unn.prixa.net

बेइजिङ – दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सात जना बटुवाको मृत्यु भएको छ । 

दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो । 

यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिई सात जनाको घटनास्थलमै निधन भएको बताइएको छ । यस दुर्घटनामा परि अरु चार जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल पुर्‍याइएको छ । 

एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्को दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ । 

मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन । 

प्रहरीले विज्ञप्ति प्रकाशन गरेर घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया