सरकार देखिनँ भन्नेलाई देखाउन तामझाम : प्रम अाेली

 मंसिर ११, २०७५ मंगलबार १३:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - कहाँ छ भन्नेलाई देखाउनका लागि तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रम गरिएको बताउनुभयो । 

एउटा कार्यक्रम गर्न यति ठूलो तामझाम किन भनेर भोलि कसैले भन्ने भन्दै उहाँले  ‘यो तामझाम त सरकार देखिनँ भन्नेलाई देखाउन हो’ भन्नुभयो ।

सुनिनँ भन्नेलाई सुनाउनलाई, थाहा पाइन भन्नेलाई थाहा दिनलाई र सरकारका योजनाहरुको जानकारी गराउनलाई तामझामका साथ कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

  

उहाँले अबका कार्यक्रम पनि तामझामसँगै नाैमती बाजासमेत बजाएर खुसीयाली मनाउँदै गरिने बताउनुभयो । रोजगारदाता, श्रमिक र सरकार एकै ठाउँमा बसेर खुसीयाली मनाउन पनि यो तामझाम गरिएको उहाँले बताउनुभयो ।  

सरकारले काठमाडाैं उपत्यकाभरिका बिजुलीका पाेलमा प्रधानमन्त्रीसहितकाे फाेटाे राखेर सामाजिक सुरक्षा कार्यक्रमकाे नचाहिँदाे र खर्चिलाे प्रचारप्रसार गरेकाे भन्दै अालाेचना भैरहेकाे छ ।

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया